मदन घिमिरेको निर्देशिनमा ‘काली दोभान’ (भिडियोसहित)

काठमाडौं,
पुस २५ ।

चार दशक लामो समयसम्म निरन्तर रुपमा चलचित्र क्षेत्रमा आफ्नो समय विताउनुभएका चलचित्र निर्देशक मदन घिमिरेद्वारा निर्देशित ‘काली दोभान’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा प्रकाश समुत र मेलिसा कार्कीको मुख्य भूमिका रहेको छ ।

सरोज आचार्य क्षेत्रीको शब्द, बाबुकृष्ण परियार र समुन्द्र परियारको स्वर रहेको उक्त गीतमा बाबुकृष्ण कै सङ्गीत रहेको छ । रामेश्वर हुमागाईको छायाँकन रहेको गीतको भिडियोमा प्रेम शर्मा पौडेलको सम्पादन, अशोक रोक्काको शृङ्गार, सम्झना बुढाथोकी, असिस्टेन हरिस खनाल ड्रेसडिजानको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार