काठमाडौं,
पुस २३ ।
अनिल जोशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘जनकपुरे रेल’ सार्वजनिक भएको छ । सार्वजनिक ‘जनकपुरे रेल’ बोलको गीतमा जगत तिरुवाले र्याप हानेका छन् । गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा सङ्गीत भरेका छन् । गीतको एरेञ्ज भने मोहित मुनालले गरेका छन् ।
डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ । माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप-अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ ।
उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर छ । भिडियोको निर्माता नवराज शर्मा हुन् । ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’को प्रस्तुतिमा निर्माण भएको भिडियो ‘सेभेन इलाभेन म्युजिक फ्याक्ट्री’ कै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






