काठमाडौं,
पुस २३ ।
बिहीबार थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार १३२ जनाको पीसीआर परीक्षण गर्दा ४१२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ६३ हजार ६०५ पुगेको छ भने पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २९२ पुगेको छ ।
बिहीबार २१६ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । १८४ जना आइसियु र ३२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, देशभर एक हजार ५६१ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । पाँच हजार ५८ कुल सक्रिय संक्रमितमध्ये एक हजार ५६१ जना संक्रमित होम आइसोलेसनमा र बाँकी तीन हजार ४९७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै बिहीबार झापामा चार, तेह्रथुममा एक, धनकुटामा एक, मोरङमा पाँच, सुनसरीमा एक, धनुषामा पाँच, पर्सामा एक, महोत्तरीमा एक, रौतहटमा एक, सप्तरीमा एक, काठमाडौंमा १९८, काभ्रेमा सात, चितवनमा आठ, धादिङमा १०, नुवाकोटमा दुई, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा एक, ललितपुरमा २८, सिन्धुपाल्चोकमा एक, सिन्धुलीमा दुई, कास्कीमा २५, गोरखामा दुई, नवलपरासी पूर्वमा दुई, लमजुङमा एक, बागलुङमा चार, स्याङजामा तीन, अर्घाखाँचीमा तीन, गुल्मीमा दुई, दाङमा एक, नवलपरासीमा दुई, पाल्पामा पाँच, प्युठानमा तीन, बर्दियामा दुई, बाँकेमा चार, रोल्पामा तीन, रुपन्देहीमा २५, दैलखमा ६ र हुम्लामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमित मृतकको संख्या १९ सय नाघेको छ । पछिल्लो समय चार जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९०३ पुगेको छ । यसअघि बुधबार ६ जना संक्रमितको मृत्यु भएको थियो ।






