मंगलबार थप ५२२ जनामा कोरोना संक्रमण

काठमाडौं,
पुस २१ ।

मंगलबर थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछल्लो समय चार हजार ५५१ जनाको पिसिआर परीक्षण गर्दा ५२२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ६२ हजार ७८४ पुगेको र पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५७ हजार ४५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ५७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या दुई लाख ५५ हजार ६६६ पुगेको छ ।

देशभर मंगलबार २४७ जना कोरोना संक्रमित देशको विभन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । २०३ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै, देशभर एक हजार ७१४ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । पाँच हजार २२५ कुल सक्रिय संक्रमितमध्ये एक हजार ७१४ जना संक्रमित होम आइसोलेसनमा र बाँकी तीन हजार ५११ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

मंगलबार काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १७१, ललितपुरमा ५३ र भक्तपुरमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा एक लाख २२ हजार २७३ जना व्यक्ति संक्रमित भएका छन् । काठमाडौंमा ९७ हजार ९१९,ललितपुरमा १५ हजार ४०४ र भक्तपुरमा ८ हजार ९५० कुल संक्रमितको संख्या पुगेको छ ।

यस्तै मंगलबार इलाममा १०, धनकुटामा एक, मोरङमा नौ, संखुवासभामा दुई, सुनसरीमा आठ, धनुषामा एक, सप्तरीमा एक, सर्लाहीमा एक, सिराहामा दुई, काभ्रेमा एक, चितवनमा ३२, धादिङमा दुई, नुवाकोटमा तीन, मकवानपुरमा पाँच, रसुवामा एक, रामेछापमा दुई, सिन्धुपाल्चोकमा तीन, कास्कीमा ४५, गोरखामा पाँच, तनहुँमा तीन, नवलपरासी पूर्वमा आठ, पर्वतमा एक, मनाङमा पाँच, म्याग्दीमा दुई, लमजुङमा आठ, बाग्लुङमा आठ, स्याङजामा चार, अर्घाखाँचीमा एक, कपिलवस्तुमा नौ, गुल्मीमा एक, दाङमा तीन, नवलपरासीमा तीन, पाल्पामा १२, बर्दियामा ६, बाँकेमा १३, रुकुम पूर्वमा एक, रुपन्देहीमा २३, जुम्लामा एक, अछाममा चार, कैलालीमा २१, डडेल्धुरामा ६, डोटीमा पाँच र बैतडीमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ८९३ जना पुगेको छ । यसअघि सोमबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार