एसईई परीक्षा को आवेदन फारम खुला

काठमाडौं,
पुस १५ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को आवेदन फारम खुला गरेको छ । कार्यालयले एक सूचना जारी गरी २०७७ सालमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले २०७७ पुस १६ गते देखि माघ २१ गतेभित्र परीक्षा फारम भरिसक्नुपर्ने जनाएको छ ।

साधारण तथा प्राविधिक तर्फका कक्षा १० मा अध्ययनरत विद्यार्थीले कक्षा ८ उत्तिर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको २ प्रति फोटोसँगै ५०० रुपैयाँ विद्यालयमा बुझाएर फारम भर्न सक्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार