प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा सोमवार देशभर १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन

काठमाडौं,
पुस १३ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध नेपाली कांग्रेसले सोमवार देशभर १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्षसहित कांग्रेसले आन्दोलन घोषणा गरेको हो ।

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कांग्रेस नेताहरूले अदालतप्रति भरोसा गर्दै विचार व्यक्त गरेका छन् ।

सभापति शेरबाहादुर देवाले भक्तपुरमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा भीमादमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको थियो ।

यस्तै नवलपुरमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, विराटनगरमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, काठमाडौंको कोटेश्वरमा प्रवक्ता विश्वप्रकाश शर्मा, बाँकेको नेपालगञ्जमा केन्द्रीय सदस्य गगनकुमार थापाले सम्बोधन गर्नुएको थियो । यस्तै देशका विभिन्न क्षेत्रमा विभिन्न नेताले सम्बोधन गरेका छन् ।

सरकारले संसद विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि केन्द्रीय कार्यसमितिको निर्णय अनुसार कांग्रेसले सोमवार देशभर १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार