दीलिप रायमाझी अभिनित ‘लाख बिन्ति’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस १२ ।

दीलिप रायमाझी अभिनित ‘लाख बिन्ति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दीलीपका साथमा बिन्दिया शाही, निक शर्मा, सपनकुमार थापाले अभिनय गरेका छन् ।
रामकृष्ण ढकालको स्वर, राम कँडेलको शब्द र सरोज प्याकुरेलको सङ्गीत रहेको गीतको भिडियो युट्युव च्यानल मान्शा मान्शभी क्रियशनमा अप्लोड गरिएको छ ।

नेपाली गीतसङ्गीत तथा चलचित्र निर्माणको क्षेत्रमा अघि बढ्ने उद्देश्यले स्थापना गरिएको मान्शा मान्शभी क्रियशनबाट आगामी दिनमा धेरैभन्दा धेरै गुणस्तरिय गीत, भिडियो तथा चलचित्र उत्पादन गरिने बताइएको छ । लब्ली नवीनको प्रस्तुति र सरला भण्डारी अधिकारी निर्माता रहेको भिडियो चितवन र पोखराका बिभिन्न स्थानमा खिचिएको छ ।

रबिन्द्र बरालको छायांकन, राजेश कुमारको सम्पादन र आशुतोष अधिकारीको प्राबिधिक निर्देशन रहेको भिडियोको मुख्य साहायक निर्देशक दीपक अधिकारी छन् ।

यसमा तपाइको मत

अन्य समाचार