‘मनिषा फेशन वयर’ सञ्चालनमा

ललितपुर,
पुस ११ ।

कलाकारिताको क्षेत्र कोरोना कहरका कारण अस्तब्यस्त बनेपछि मोडल मनिषा लकान्द्री बुटिक ब्यवसाय प्रति आकर्षित भएकी छन् । उनले इमाडोल, रातामकै चौक स्थित ‘मनिषा फेशन वयर’ सञ्चालनमा ल्याएकी हुन् ।

फेसन हाउसको उद्देश्य देश र समाजका लागि स्वदेशमै रहेर केही गर्नुपर्छ भन्ने रहेको सञ्चालिका मनिषा बताउँछन् । महिलाले पनि एउटा पुरुषसरह जस्तोसुकै काम गर्न सक्छन् र जिम्मेवारी वहन गर्न सक्छन् भन्ने धारणाको विकास गर्न यस फेसन हाउसले पहल गर्ने उनको भनाई रहेको छ ।

भविष्यमा विदेशमा कमाएर पठाएको रेमिट्यान्सले भन्दा स्वदेशमै कमाएर देश र आफूजस्तै युवा तथा महिलाहरूलाई पनि सीप सिकाउने तथा सबल बनाउन सहयोग पु¥याउने लक्ष्य रहेको उनले बताईन । मनिषा फेसन वयरमा जुनकुनै फेसनको कपडा भाडामा लिन वा खरिद गर्न सकिने व्यवस्था छ ।

यसमा तपाइको मत

अन्य समाचार