काठमाडौं,
पुस १० ।
रुद्रसेन विश्वकर्मा र अन्नु चौधरीको स्वरमा रहेको गीत ‘दिल दुखायौ तिमीले मेरो…’ सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गायक रुद्रसेन नेपालीका साथसाथै भोजपुरी र मैथिली गीतमासमेत उत्तिकै लोकप्रिय हुनुहुन्छ ।
प्रदीपकुमार रसाइलीको निर्देशन रहेको सार्वजनिक भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री, पवन बराईली र रेणु लिम्बुलाइ फिचर्ड गरिएको छ । नीर कुमारी विश्वकर्मा (सविना) द्वारा निर्मित भिडियोमा योगेश दाहालको छायाँकन र अमृत चापागाईंको सम्पादन छ ।






