नेकपाका दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं,
पुस ९ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय कमिटी बैठक बिहीबार (आज) बस्ने भएको छ । चुनावी प्रकृयामा गएको प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा बस्दै छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा बस्ने भएको छ ।

ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा नारायणकाजी श्रेष्ठ हटाएर प्रदिप ज्ञवालीलाई नियुक्त गरेको छ । यस्तै उक्त समूहले अर्को वर्ष मंसिर २ देखि ७ सम्म काठमाडौंमा हुने गरी पार्टी महाधिवेसनका लागि पाँच सय ५६ केन्द्रीय सदस्य मनोनितसमेत गरेको छ ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीलाई कारवाही गरीसकेको छ । उहाँको ठाउँमा अध्यक्षमा माधवकुमार नेपाल र संसदीय दलको नेतामा प्रचण्डलाई नियुक्ति गरेको छ ।

केन्द्रीय सदस्य संख्याको आधारमा ओली समूह अल्पमतमा छ । दुवैपक्षले आ-आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार