काठमाडौं,
पुस ६ ।
इन्जिनियर बिष्णुप्रसाद पाण्डेको शब्द रहेको यो कस्तो प्रेम बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । निशा देशारको स्वर र सुरेश गैरेका सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीत हाइलाइट्स् नेपालको युट्युबमार्फत सार्वजनिक भएको हो ।
सुदिप पौडेलले निर्देशन गरेको गीतको भिडियोमा ममता अधिकारी, महेश वाग्ले र सोनिया जोशीको अभिनय छ । उक्त भिडियो सुसन पन्थले तनहुँ र दमौली आसपासका सुन्दर ठाउँमा छायांकन गरेका हुन् भने सम्पादन सुवास अमगाईले गरेका छन् ।
व्यास नगरपालिका वडा १३ तनहुँ निवासी गीतकार ई। पाण्डेको सार्वजनिक भएको यो पहिलो कोसेली भए पनि अरू दुई गजल र दुई आधुनिक गीत रेकर्डिङ भइरहेको छ ।






