सर्वोच्च बारमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी

काठमाडौं,
पुस ५ ।

सर्वोच्च अदालत बार एशोसिएसनको ३३औ‌ं नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी हुनुभएको छ । उहाँले २९५ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गर्नुभयो । वरिष्ठ अधिवक्ता शाक्यले वृहत् लोकतान्त्रिक समावेशी मधेशी, आदिवासी, जनजाति पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गर्नुभएको थियो, वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व गर्नुभएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी हुनुभएको छ । महिला सदस्यमा अमिता गौतम पौडेल, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी हुनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार