आजदेखि हट्यो जोर बिजोर प्रणाली

काठमाडौं,
मंसिर ३ ।

काठमाडौं उपत्यकामा सवारी साधनमा लगाईएको जोर बिजोर प्रणाली आज देखि हटेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले यातायातका साधन सञ्चालनमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

प्रशासन, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच बिहीबार भएको छलफलपछि जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको थियो ।

कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले विगत चार महिनादेखि यातायातका साधन संचालनमा जोर बिजोर प्रणाली लागू गर्दै आएको थियो । यातायात व्यवसायी र मजदुरहरूले आजबाट सरकारी बन्देज उल्लंघन गर्ने निर्णय गरेपछि प्रशाशन दबाबमा परेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार