काठमाडौं,
पौस २ ।
आनन्द कार्की र मिना कार्कीको स्वरमा रहेको कोरोना सम्बन्धी चेतनामूलक एवम् शिक्षामूलक गीत ‘जित्छु महामारी’ को भिडियो सार्वजनिक भएको छ । रोगीहरूको हौसला बढाउने र निरोगीहरूमा समेत आत्मविश्वाश जगाउने शब्दहरु भएको यस गीतमा बिरामीहरुको सेवामा अहोरात्र खटिरहेका तमाम डाक्टर-नर्सहरूको पीडा र खुशीको पनि सम्मिश्रण पाइन्छ ।
सुनिता बस्नेत थापाको शब्दरचना, राजकुमार बगरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यो गीत त्रिवेणी डिजिटलमा रेकर्ड भएको हो । गीतको मिक्सिङ र माष्टरिङ पनि सङ्गीतकार राजकुमार बगरले नै गरेका हुन् ।
वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोका निर्देशक, सिनेम्याटोग्राफ़र र सम्पादक वीरेन्द्र भाट ‘विपिन’ हुन् भने लोकेश भाटले सम्पादन सहयोगीको भूमिका निर्वाह गरेका छन् । भिडियोमा गायक आनन्द कार्की र गायिका मिना कार्कीलगायत वरिष्ठ चिकित्सक डा. भोला रिजाल, वरिष्ठ कलाकार कृष्ण मल्ल र शर्मिला मल्ल, सञ्चारकर्मी नरेश भट्टराई र सुगारिका केसी तथा डाक्टर, नर्सहरुलाई पनि देख्न सकिन्छ ।
गायिका कार्कीले केही समयअघि पहिलो नर्सिंङ गीत हामी नर्स को भिडियो सार्वजनिक गरेकी थिईन् ।






