काठमाडौं,
मंसिर २२ ।
वेव सिरिज ‘प्याकुली’ को छायाँकन शुरु भएको छ । समाजका विभिन्न घटनाक्रमलाई र युवा युवतीबीचको विभिन्न आरोह अवरोहलाई समावेश गरिएको वेव सिरिजमा ‘प्याकुली’को छायाँकन भइरहेको भएको हो । मीन अधिकारी को निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेलको सह निर्माणमा सो वेव सिरिज काठमाडौं आसपासमा छायाँकन गरिएको छ । कृष्ण पाण्डेको छायाँकन देव महर्जन को द्वन्द्व बिश्वास भण्डारीको सम्पादन रहने छ ।
राजेन्द्र बजगाई, पुष्कर सुनुवार, बिनोद गुरुङ र शंकर अधिकारी घायलको सङ्गीत, देव धिमालको नृत्य, सन्तोष पराजुली र अर्जुन तिमिल्सिनाको प्रकाश ब्यपस्थापन डिके हमालको शृंङ्र छ । यो वेव सिरिज मार्फत मुस्कान रेग्मी, प्रीतिका शर्मा र रोशिका रायाले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । गंगा कुवँर, पदम सुनार, रामशरण खत्री, राजन श्रेष्ठ, ज्योति पुडासैनी, बिनु वाइवा र देव महर्जनको अभिनय छ ।
नित्याशिवा, राजेन्द्र बजगाईको स्वर रहने यो मुवि माघको पहिलो हप्ता रिलिज गरिने तयारी छ । वेव सिरिजको लेखन तथा निर्देशन शंकर अधिकारी ‘घायल’ले गरेका छन् ।






