काठमाडौं,
मंसिर २२ ।
वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उहाँको उपचारको क्रममा ८२ वर्षीय सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वासप्रस्वास सम्बन्धी समस्याका कारण उहाँलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल हुनुभएको थिए ।
१९९५ असार १७ मा जन्मिनुभएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आउँँनुभएको थियो । उहाँले नयाँ एल्बमको तयारी पनि हुनुहुन्थ्यो ।
उहाँका ‘भन लौ तिमी नढाँटी, आशाको दियो बालेर, माया लुकाइ लुक्दैन’लगायत थुप्रै गीत चर्चित छन् ।
उहाँको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।






