काठमाडौं,
मंसिर २१ ।
युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन–२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन् । त्यसैगरी युवतीतर्फ रोजिना तामाङ फर्स्ट रनरअप, स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुषतर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् ।
यस्तै बेष्ट वाल्क कमला तामाङ र अशोक मगर, भ्युअर्स च्वाईस स्वेता लो लामा र साजन तामाङ, बेष्ट ड्रेस स्वस्तिका श्रेष्ठ र अशोक मगर, मल्टिमिडिया च्वाईस रेजिना श्रेष्ठ र साजन तामाङ, डिसिप्लिन अनिला बास्तोला, बेष्ट फोटोजेनिक रुपा आचार्य र रोसिनजंग थापा, पंचुअल रोजिना तामाङ र साजन तामाङ, बेष्ट स्माइल अनिला तामाङ र रंजित ठाकुर, बेष्ट पर्सनालिटी रेश्मा लामा र रुपेश गुरुङ, मिस फ्रेन्ड्ली रेजिना श्रेष्ठ, पपुलर अवार्ड बिमला लिम्बु र साजन तामाङ, अर्गनाईजर च्वाइस माया पुरी र बिकाश लामाले पाउन सफल भएका थिए ।
प्रतियोगिताका बिजेताहरूले क्राउनको साथमा अस्ट्रेलिया पढ्नको लागि छात्रवृति, फ्लाइट टिकेट, आईल्ट्स, टोफेल्सको फ्री कोर्स, विभिन्न कम्पनिको ब्राण्ड एम्बस्डर तथा म्युजिक भिडियोहरूमा अभिनय गर्न पाउने कुरा अध्यक्ष रवी लामाले जानकारी गराए ।
प्रतियोगिताको निर्णायकहरू बेटर ग्यालेक्सीका सीईओ धिरज तन्डुकार, स्वस्तिका राजभण्डारी, सुष्मा अधिकारी र मोडल दीपक घिमिरे रहेका थिए प्रतियोगिताको प्रमुख अतिथिमा सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोक प्यासी राई थिए । कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन रोजिन शाक्यले गरेका थिए ।






