सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजनामा लैङ्गिक हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

वीरगञ्ज,
मंसिर २० ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम जिल्ला पर्सा बी.म.न.पा.-१ बजारछपकैया स्थित रहेको पंडित रामदेनी तिवारी नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा लैङ्गिक हिंसा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।

सामुदायिक सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र वडा समितिको कार्यालय-१ का कार्यवाहक अध्यक्ष नुरआलम मंसुरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विशिष्ट अतिथीमा प्रधानाध्यापक रविन्द्र नाथ तिवारी, सीमा प्रहरी चौकी बजार छपकैयाका ईन्चार्ज प्रहरी नायब निरीक्षक तिर्थबहादुर खत्री, वडा समितिको कार्यालय-१ का महिला सदस्य रितादेवी कलवार, शिवकुमारी देवी, राईजिङ्ग वीरगञ्ज नेपालका अध्यक्ष आरजु खान, न्यू ज्योति युवा क्लबका उपाध्यक्ष बिबेककुमार गुप्ता, नेपाल नेशनल क्लबका सदस्य प्रेमकुमार साह र सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ट उपाध्यक्ष मोहमद अब्दुल हक, सचिव प्रविणबिक्रम शाह, सदस्य अब्दुल कैश मियाँ, अजितकुमार भुजेल, अरुणकुमार गोयल, ऐसहनुल हक (बिट्टु) प्र.स.नि. रामेश्‍वरप्रसाद यादव, प्र.ह. देवेन्द्रकुमार पटेल, प्र.ज. राजकुमार तामाङ र स्थानिय महिलाहरूको उपस्थिति रहेको थियो ।

महिला हिंसा हामी आफ्नै घरबाट सुरु हुने भएकोले सर्वप्रथम आफ्नो घरमा हुने छोरा-छोरीमा हुने भेदभाव, दाइजो प्रथा, बहुबिवाह, बाझोपन, दुर्ववहार, जाडरक्सी बिक्री बितरण र यसले पार्ने पारिवारिक कलह, सासु-बुहारीमा हुने मतमतान्तर, शिक्षाको कमी, गरिबीका कारण ठूलाबडाहरूले गर्ने शोषण, जातपातको कुराहरू पनि हिंसा नै भएकोले तपाईंहरूको सहयोग बिना यसलाई न्यूनीकरण गर्न नसक्ने भएकोले सबै जनप्रतिनिधि, समुदाय र प्रहरी मिली यसलाई केही हदसम्म कम गर्ने र सुन्दर समाजको निर्माण गर्ने वक्ताको भनाई रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबीण बिक्रम शाहले र कार्यक्रम सञ्चालन सदस्य अब्दुल कैश मियाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार