‘क्याप्टेन’ युट्युबमा

काठमाडौं,
मंसिर २० ।

चलचित्र ‘क्याप्टेन’यु ट्युबमा सार्वजनिक गरिएको छ । दीवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ‘क्याप्टेन’लाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अभिनेता अनमोल केसीलाई पछिल्लो समय नेपाली चलचित्रमा लगानी उठाउने कलाकारको रुपमा हेर्ने गरिन्छ । सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई सदावहार अभिनेता भुवन केसीले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्माता जिया केसी हुन् । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार