काठमाडौं,
मंसिर १८ ।
सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नवीन पन्तको शब्द, विकास चौधरीको सङ्गीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
https://youtu.be/O-_KBq2LS7I
पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारीको अभिनय रहेको छ ।
काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ ।
गीता आचार्य, प्रवेश आचार्य, रवी केसी र सरला भण्डारी निर्माता रहेको टेलिसिरियलको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलिसिरियलका सहायक निर्देशक राम जे राउत हुन् । निर्देशक कुमारका अनुसार टेलिसिरियल आगामी माघ ३ गते शनिबार नौ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ ।






