थप १३ सय ४३ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं,
मंसिर १८ ।

बिहीबार थप एक हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३७ हजार ५८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई हजार १११ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख २० हजार २७२ पुगेको छ । पछिल्लो समय थप नौ हजार २८९ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै १७ लाख ६३ हजार ९१९ जनाको पिसिआर भएको छ ।

बिहीबार १५ हजार ७६६ जना सक्रिय संक्रमितमध्ये १० हजार २७१ जना होम आइसोलेसनमा छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार ३४७ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा एक हजार ८२८, प्रदेश २ मा २३४, लुम्बिनी प्रदेशमा ६०९, सुदूरपश्चिम प्रदेशमा ६८८, गण्डकी प्रदेशमा ४७४ र कर्णाली प्रदेशमा ९१ जना होम आइसोलेसनमा छन् ।

बिहीबार देशभर ४५३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ६५ जना भेन्टिलेटरमा र ३८८ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७६ जना आइसियु र ४१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७५ जना आइसियु र तीन जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आइसियु र नौ जना भेन्टिलेटरमा र प्रदेश २ मा ६ आइसियु र एक जना भेन्टिलेटरमा, सुदुरपश्चिममा नौ आइसियु र दुई जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८४ आइसियु र नौ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा नौ आइसियु उपचाररत छन् । यसअघि बुधबार ४२९, मंगलबार ४३३, सोमबार ४३३, आइतबार ४१४ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए ।

बिहीबार काठमाडौं उपत्यकामा ५६१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५५, ललितपुरमा २६ र भक्तपुरमा ८० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा एक लाख १० हजार ९४० जना व्यक्ति संक्रमित भएका छन् ।

यस्तै बिहीबार इलाममा पाँच, उदयपुरमा पाँच, खोटाङमा एक, झापामा ६७, ताप्लेजुङमा एक, धनकुटामा दुई, पाँचथरमा एक, भोजपुरमा दुई, मोरङमा १२८, संखुवासभामा १५, सुनसरीमा ५६, धुनषामा १४, पर्सामा चार, बारामा चार, महोत्तरीमा एक, सप्तरीमा १५, सर्लाहीमा पाँच, सिरहामा आठ, काभ्रेमा ६, चितवनमा ३२, दोलखामा चार, धादिङमा आठ, नुवाकोटमा १२, मकवानपुरमा १४, रसुवामा १२, सिन्धुपाल्चोकमा दुई, कास्कीमा ६९, गोरखामा नौ, तनहुँमा १९, नवलपरासी पूर्वमा पाँच, पर्वतमा तीन, म्याग्दीमा दुई, लमजुङमा १७, बागलुङमा १२, स्याङजामा ११, अर्घाखाँचीमा पाँच, कपिलवस्तुमा दुई, गुल्मीमा दुई, दाङमा ४०, नलवपरासीमा सात, पाल्पामा १३, प्यूठानमा एक, बर्दियामा १४, बाँकेमा २७, रुकुम पूर्वमा एक, रोल्पामा एक, रुपन्देहीमा ४१, कालिकोटमा एक, जुम्लामा सात, दैलेखमा एक, रुकुम पश्चिममा चार, सुर्खेतमा एक, अछाममा ११, कञ्चनपुरमा दुई, कैलालीमा आठ, डडेल्धुरामा १२, डोटीमा पाँच, बझाङमा चार र बैतडीमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ५५१ पुगेको छ । यसअघि बुधबार नौ जना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार