प्रदेश १ को उच्च पहाडमा हल्का वर्षा र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं,
मंसिर १८ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको जनाएको छ । अहिले देशभरको मौसमको अवस्थामा गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । काठमाडौं उपत्यकाको आज विहानको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।

यसैगरी, दिउँसो लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र प्रदेश-१ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना का साथै पूर्वी हिमाली भू-भागका केही स्थानमा हिमपताको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार