काठमाडौं,
मंसिर १५ ।
देशभर सोमबार थप एक हजार ४७४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो समय एक हजार ९३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख १४ हजार ५२१ पुगेको छ । मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् । पछिल्लो समय नौ हजार ९११ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पिसिआर परीक्षण भएको छ ।
सोमबार १७ हजार ४२३ जना सक्रिय संक्रमितमध्य ११ हजार ८१४ जना होम आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा सात हजार ५४१ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा एक हजार ७०२, प्रदेश २ मा ३३३, लुम्बिनी प्रदेशमा ८८९, सुदूरपश्चिम प्रदेशमा ३७७, गण्डकी प्रदेशमा ८५६ र कर्णाली प्रदेशमा ११६ जना होम आइसोलेसनमा छन् ।
सोमबारसम्म देशभर ४३३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ५८ जना भेन्टिलेटरमा र ३७५ जना संक्रमित आइसियुमा छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १५९ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७२ जना आइसियु र तीन जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा चार आइसियु र एक जना भेन्टिलेटरमा, सुदुरपश्चिममा पाँच आइसियु र दुई जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९४ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा नौ आइसियु उपचाररत छन् । आइतबार ४१४ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए ।
काठमाडौं उपत्यकामा सोमबार थप ८०९ जना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा एक लाख नौ हजार १२६ जना व्यक्ति संक्रमित भएका छन् ।
यस्तै सोमबार इलाममा पाँच, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङमा २४, धनकुटामा चार, पाँचथरमा दुई, भोजपुरमा एक, मोरङमा ८२, संखुवासभामा चार, सोलुखुम्बुमा चार, सुनसरीमा ५०, धुनषामा १४, बारामा तीन, महोत्तरीमा एक, रौतहटमा तीन, सप्तरीमा १२, सर्लाहीमा चार, सिरहामा सात, काभ्रेमा २९, चितवनमा ३७, दोलखामा दुई, धादिङमा १०, नुवाकोटमा ६, मकवानपुरमा २४, रामेछापमा ४, सिन्धुलीमा एक, सिन्धुपाल्चोकमा १०, कास्कीमा २९, गोरखामा १६, तनहुँमा दुई, नवलपरासी पूर्वमा १२, पर्वतमा एक, म्याग्दीमा १०, लमजुङमा तीन, वागलुङमा एक, स्याङजामा १२, अर्घाखाँचीमा दुई, कपिलवस्तुमा चार, गुल्मीमा तीन, दाङमा ४९, नलवपरासीमा पाँच, पाल्पामा सात, प्यूठानमा सात, बर्दियामा एक, बाँकेमा आठ, रोल्पामा एक, रुपन्देहीमा ३६, जाजरकोटमा चार, जुम्लामा तीन, दैलेखमा पाँच, रुकुम पश्चिममा एक, सल्यानमा पाँच, सुर्खेतमा २४, अछाममा चार, कञ्चनपुरमा एक, डडेल्धुरामा दुई, डोटीमा एक र बाजुरामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको छ । सोमबार थप २९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ५०८ पुगेको छ । यसअघि आइतबार २५ जना संक्रमितको मृत्यु भएको थियो ।






