भक्तपुरमा पत्रकारिता तालिमको सुभारम्भ

भक्तपुर,
मंसिर १३ ।

स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको आयोजनामा शनिबारदेखि दसदिने पत्रकारिता तालिम सुरु भएको छ । दक्ष पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिम विहान दैनिक दुई घण्टा हुने जनाइएको छ । तालिममा प्रयोगात्मकलाई विशेष जोड दिने तालिम संयोजक कृष्ण किसीले जनाए । तालिममा दैनिक विहान एक घण्टा सैद्धान्तिक र एक घण्टा प्रयोगात्मक हुने जनाइएको छ । दैनिक फरक–फरक प्रशिक्षकहरुबाट तालिम दिइने जनाइएको छ ।

तालिमको उदघाटन गर्दै आयोजक संघका अध्यक्ष डा. इन्दुल केसीले समाजमा पत्रकारको भूमिकाबारे चर्चा गरे । एकजना असल पत्रकारले देशका लागि ठूलो योगदान दिन सक्ने चर्चा उनले गरे ।

रोम्वस स्कुल कलेजका प्रिन्सिपल डा राजेन्द्र कोजूले पत्रकारिता पेशा मात्रै नभई समाज सेवा पनि भएको बताए । इन्जिनियर राजन कुसी, तालिम संयोजक कृष्ण किसीले तालिमका विविध पक्षबारे चर्चा गरे ।

 

यसमा तपाइको मत

अन्य समाचार