काठमाडौं,
मंसिर १२ ।
राजेश घिमिरे र मेलिना राईको स्वर रहेको गीत ‘स र र र’ सार्वजनिक भएको छ । एकतारे सबिन र सरोज परियारको शब्द र गायक घिमिरेकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेस खड्काको निर्दशन रहेको गीतको भिडीयोमा आचल शर्मा र मुकुन भुसाल फिचर्ड छन् । भिडीयोमा दुईको प्रेमलाई देखाईएको छ । गीतको भिडीयोमा अनिता ग्वाचाको मेकअफ, प्रविन श्रेष्ठको सम्पादन तथा कलर र हरि हुमागाईं अनि हरिश सिंहको छ ।






