पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं,
मंसिर १२ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारके मौसम पूर्वानुमान जारी गर्दै देशभर पश्चिमी वायुको प्रभावका कारण हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

महाशाखाले आज दिउँसो प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ रहेको जनाएको छ ।

साथै, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने, प्रदेश नं. १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार