काठमाडौं,
मंसिर १० ।
सन्तोष लामाको पुस्तक ‘सफलताको ब्ल्युप्रिन्ट’ बिमोचन छ । माननीय बहादुर सिंह लामा प्रमुख अतिथी, ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पोरेट ट्रेनर, रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, सुदिप बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यमबहादुर मल्ल, पछिल्लो समय चर्चामा रहेको गीत ‘चम्चा पिलेट’ का सर्जक भीम कुसारी, रेडियो नेपालका सञ्चारकर्मी भरत बमजम, तरुण दलका बिधान गुरुङ, म्युजिक डायरीका तुलसी गिरी ‘भाबुक’लगायतका व्यक्तित्वको उपस्थितीमा रहेको कार्यक्रममा ‘सफलताको ब्ल्युप्रिन्ट’ बिमोचन गरिएको हो ।
कार्यक्रममा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेतले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सृजना अधिकारीले गरेकी थिईन् ।
कार्यक्रममा प्रमुख अतिथी लामाले शुभकामना दिदै यस पुस्तक सबैको लागी उपयोगी भएको र आफ्नो जीवनमा मेल खाएको, आफूले भोगेको कुरा समेटिएको जानकारी गराउदै एक पटक सबैले यो पुस्तक अध्ययन गर्नसमेत अनुरोध गरेका थिए । कार्यक्रमको मिडिया संयोजकको पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ रहेको थिए ।






