काठमाडौं,
मंसिर ९ ।
ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)ले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी छन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगर प्रभावशाली एक सय महिलाको सूचीमा परेकी हुन् ।
बीबीसीले प्रत्येक वर्ष विश्वभरिका १०० जना प्रेरणादायी एवम् प्रभावशाली महिलाहरुको नाम र कामको सूची सार्वजनिक गर्ने गर्छ । सपना बेवारिसे शवलाई दागबत्ती दिने काम गर्छिन् । १८ वर्षकै कलिलो उमेरमा उनले तीन सयभन्दा बढी बेवारिसे शवलाई दागबत्ति दिइसकेकी छिन् ।
प्रहरीले बेवारिसे शवलाई कम्तिमा ३० देखि ३५ दिनसम्म राख्छ, आफन्त खोज्छ र नभेटे सपना र उनको समूहलाई दागबत्ति दिन बोलाउँछ ।






