राष्ट्रिय गीत ‘सम्झन्छु मेरी आमा…’ सार्बजनिक (भिडियोसहित)

काठमाडौं,
मंसिर ९ ।

मनिष लामाको स्वरमा रहेको राष्ट्रिय गीत ‘सम्झन्छु मेरी आमा…’ सार्बजनिक भएको छ । मनिषकै शब्द तथा सङ्गीत र बासुदेब श्रेष्ठको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=hrE12Xa6-c4

गीतको माध्यम बाट देशका युवापिडिहरुलाई जागरुक बनाउदै आफ्नो मातृभूमि प्रतिको कर्तब्यलाई नबिर्सन र नेपालीहरू संसारको जुनसुकै ठाउँमा जहाँ रहे पनि मन भने नेपालीनै रहिरहने सन्देश गीत मार्फत दिन खोजिएको छ । आफ्नो भेषभुषा, कला संस्कृतिलाई जगेर्ना गर्दै आफ्नो देश नेपाल आमा प्रतिको माया देखाइएको छ ।

अर्जुन तिवारीले छायांकन गरेको सार्बजनिक भिडियोलाई मनिष लामा आफैँले निर्देशन गरेका हुन् । भिडियोमा मनिष लामालगायत लाइ फिचर्ड गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार