काठमाडौं,
मंसिर ८ ।
सोमबार देशभर थप एक हजार ९८० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप तीन हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । पछिल्लो समय थप १० हजार ३८१ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै १६ लाख ७० हजार ४५६ जनाको पिसिआर परीक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ मध्ये सोमबारसम्म १३ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा छन् । सबै भन्दा धेरै बाग्मती प्रदेशमा नौ हजार २९ जना होम आइसोलेसनमा छन् । प्रदेश १ मा एक हजार ५३८, प्रदेश २ मा ३०९, लुम्बिनी प्रदेशमा ७७१, सुदूरपश्चिम प्रदेशमा ८४५, गण्डकी प्रदेशमा एकहजार ३० र कर्णाली प्रदेशमा ९० जना होम आइसोलेसनमा छन् ।
देशभर ४२८ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म ६३ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आइसियुमा उपचाररत छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४४ जना आइसियु र ३४ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५८ जना आइसियु र तीन जना भेन्टिलेटरमा, प्रदेश १ मा ५२ जना आइसियु र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा नौ आइसियु र एक जना भेन्टिलेटरमा सुदुरपश्चिममा चार आइसियु, गण्डकी प्रदेशमा ८६ आइसियु र १४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियु उपचाररत छन् । आइतबार ४२५ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए ।
काठमाडौं उपत्यकामा सोमबार एक हजार सात जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७७९, ललितपुरमा १४३ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोमबार इलाममा पाँच, उदयपुरमा चार, ओखलढुंगामा दुई, खोटाङमा तीन, झापामा १०६, ताप्लेजुङमा ११, तेह्रथुममा एक, धनकुटामा पाँच, पाँचथरमा एक, भोजपुरमा दुई, मोरङमा ३७, संखुवासभामा १२, सोलुखुम्बुमा ६, सुनसरीमा ५०, धुनषामा तीन, पर्सामा १५, बारामा चार, महोत्तरीमा दुई, सप्तरीमा १२, सर्लाहीमा तीन, सिरहामा चार, काभ्रेमा ५४, चितवनमा ८३, दोलखामा १६, धादिङमा १४, नुवाकोटमा १६, मकवानपुरमा ५४, रसुवामा ६, रामेछापमा तीन, सिन्धुलीमा १३, सिन्धुपाल्चोकमा तीन, कास्कीमा ७०, गोरखामा ३८, तनहुँमा १६, नवलपरासी पूर्वमा २०, पर्वतमा ६, म्याग्दीमा पाँच, लमजुङमा पाँच, वागलुङमा १६, स्याङजामा आठ, अर्घाखाँचीमा तीन, कपिलवस्तुमा ११, गुल्मीमा दुई, दाङमा ५१, नलवपरासीमा नौ, पाल्पामा १०, प्यूठानमा १२, बर्दियामा पाँच, बाँकेमा १५, रुपन्देहीमा ४७, कालिकोटमा एक, जुम्लामा आठ, दैलेखमा तीन, सल्यानमा ६, सुर्खेतमा पाँच, अछाममा दुई, कञ्चनपुरमा ६, कैलालीमा २६, डडेल्धरामा सात, डोटीमा तीन, बझाङमा एक र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ३३७ पुगेको छ । यसअघि आइतबार पनि १६ जनाको मृत्यु भएको थियो ।






