थप १६ सय ७४ जनामा कोरोना संक्रमण

काठमाडौं,
मंसिर ६ ।

शनिबार थप एक हजार ६७४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय देशभरका विभिन्न ल्याबमा जम्मा आठ हजार १४४ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १६ लाख ५२ हजार ४३ पिसिआर परीक्षण गरिएको छ ।

पछिल्लो समय दुई हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म एक लाख ९३ हजार ३२५ जना संक्रमित निको भएका छन् । हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन् ।

देशभर हाल ३८३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । ३३६ आइसियु र ४७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा मात्र १२१ जना आइसियु र २२ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै गण्डकी प्रदेशमा ८६ आइसियु र १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५६ जना आइसियु र दुई जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै प्रदेश १ मा ४६ आइसियु र आठ भेन्टिलेटरमा, प्रदेश २ मा नौ आइसियु र एक भेन्टिलेटरमा, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा क्रमश ११ र सात जना संक्रमित आइसियुमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा शनिबार थप ८९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म काठमाडौंमा ८२ हजार २७३, ललितपुरमा १२ हजार ११३ र भक्तपुरमा ७ हजार ३८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै शनिबार इलाममा चार, उदयपुरमा दुई, खोटाङमा एक, झापामा ५७, धनकुटामा सात, भोजपुरमा एक, सोलुखुम्बुमा एक, सुनसरीमा पाँच, धुनषामा ११, बारामा पाँच, महोत्तरीमा तीन, सप्तरीमा दुई, सर्लाहीमा चार, सिरहामा सात, काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा तीन, धादिङमा १८, नुवाकोटमा आठ, मकवानपुरमा २५, रामेछापमा चार, सिन्धुलीमा दुई, सिन्धुपाल्चोकमा सात, कास्कीमा ७५, गोरखामा नौ, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा तीन, लमजुङमा पाँच, वागलुङमा सात, स्याङजामा सात, अर्घाखाँचीमा चार, कपिलवस्तुमा ३३, गुल्मीमा चार, दाङमा १०, नलवपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा तीन, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा एक, रोल्पामा सात, रुपन्देहीमा ५७, दैलेखमा चार, रुकुम पश्चिममा एक, सल्यानमा चार, सुर्खेतमा एक, अछाममा तीन, कञ्चनपुरमा तीन, कैलालीमा ४०, डडेल्धरामा ६, बझाङमा ६, बाजुरामा एक र बैतडीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३०५ पुगेको छ । शनिबार थप सात जना कोरोना संक्रमितको मृत्यु भएसँगै यो संख्या एक हजार ३०५ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार