मोडलिङमा सकृय प्रतिज्ञा

काठमाडौं
मंसीर ६ ।

पछिल्लो समय नयाँ पुस्ताका युवा, युवतीहरु कला क्षेत्रमा धेरै आईरहेको पाईन्छ । अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्येमबाट विभिन्न अवसरहरू पाईरहेका हुन्छन् । यस्तै सानैदेखि नृत्य र अभिनय प्रति आकर्षित रहँदै आईरहेकीे मोडल प्रतिज्ञा भण्डारी भविष्यमा चर्चित भन्दा पनि कुशल मोडल तथा नायिका बन्ने सोच लिएर कला क्षेत्रमा प्रवेश गरेको कम समयमा आफ्नो पहिचान बनाउन सफल छिन् ।

मोडलिङ क्षेत्र आफैँमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो । मोडलिङ क्षेत्रमा प्रशस्त सम्भाबनाहरू रहेका छन् भने क्षमतावान तथा कला भएकाहरूको लागि आफू चर्चित हुने राम्रो माध्यम पनि हो । वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम, दाम र प्रतिष्ठा कमाउँन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिने गरेको पाईन्छ ।

रङ्गीन क्षेत्रमा सम्भावनासहित मोडलिङमा प्रवेश गरेकी मोडल प्रतिज्ञा भण्डारी इटहरीकी स्थानीय बासिन्दा हुन् । आफ्नो उज्ज्वल भविष्यको लागि संघर्षरत छिन् भने उनी अभिनित पछिल्लो म्युजिक भिडियो हिजो (शुक्रबार) सार्वजनिक भएको छ ।

देवि घर्तिमगर, मिलन घिसिङको स्वर रहेको गीतको भिडियोलाई सुवाष गौतमले निर्देशन गरेका हुन् । प्रतिज्ञालाई अभिनयमा राजपुलामी मगरले साथ दिएका छन् । विभिन्न कार्यक्रममा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आईरहेकी प्रतिज्ञाले आधा दर्जन बढी भिडियोमा काम गरेकी छन् । आफ्नो रुचिको क्षेत्र भएकोले भविष्यमा पनि यसै क्षेत्रलाई निरन्तरता दिने बताउछिन मोडल भण्डारी ।

यसमा तपाइको मत

अन्य समाचार