कविता : अव्यक्त वाणी

✍️ पेशल आचार्य
काठमाडौं,
मंसिर ६ ।

नबोलेरै बोल्ने
ती तिम्रा सजल नेत्रहरू
नसुनेरै सुन्ने
ती तिम्रा कर्ण विवरहरू
चाल निचाल
एक तमासले
ख्याल गरिरहने
तिम्रा ती वैभवपूर्ण हेराइ
मौन गुपचुपमै
माया गरिरहने
तिम्रा ती हृदयका फाटकहरूबाट
कसो कसो मैलाई
नियाल्दा हुन्,

जीवनमा भनेर माग्नु भन्दा
नभनेरै दिनु अतीव प्यारो लाग्दो रैछ
जीवनमा वाणीले चाहनु भन्दा
मौनताले नै माग्नु
अतिशय मीठो जँच्दो रैछ,

जसले जे भने पनि
जसले जे गरे पनि
जीवन गुपचुप र गुमसुम मै पनि
रमरम मिठो
र प्रिय लाग्दो रहेछ ।

यसमा तपाइको मत

अन्य समाचार