काठमाडौं,
मङ्सिर ३ ।
स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘एक तर्फी माया…’ सार्वजनिक भएको छ । डीआर राईको शब्द र रत्नबहादुर खड्गीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रेमील मनहरू विछोडिनु पर्दाको पिडालाई गीतमा ब्यक्त गरिएको छ ।
महेश कुमारको छायाँकन, कृष्ण पाण्डेको सम्पादन र करण साउदको निर्देशन भिडियोमा लोकराज ओझा र सिन्धु वलीलाई फिचरिङ गरिएको छ ।






