थप १९ सय ४६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं,
कार्तिक २९ ।

शनिबार थप एक हजार ९४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख आठ हजार २९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५०३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ७० हजार ६३२ जना निको भएका छन् । आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय सङ्क्रमित छन् । देशभर सात हजार ७२० कोरोना सङ्क्रमित होम आइसोलसनमा छन् ।

यस्तै देशभर हाल ४७४ जना कोरोना सङ्क्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । हाल ३८७ जना आइसियु र ८७ जना भेन्टिलेटरमा छन् । आइसियुमा भर्ना हुनेको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छन् । बागमतीमा १६८ जना आइसियुमा छन् भने ६१ जना भेन्टिलेटरमा छन् ।

काठमाडौं उपत्यकामा ८३५ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई कोरोना सङक्रमण देखिएको हो । योसँगै उपत्यकामा कुल सङ्क्रमितको सङ्ख्या ९५ हजार ८५१ पुगेको छ । उपत्यकामा हालसम्म ७५ हजार ७७३ सङ्क्रमित निको भएका छन् ।

यस्तै शनिबार इलाममा चार, उदयपुरमा ६, ओखलढुंगामा नौ, खोटाङमा एक, झापामा १२१, ताप्लेजुङमा एक, तेह्रथुममा एक, भोजपुरमा दुई, मोरङमा ५२, सोलुखुम्बुमा तीन, सुनसरीमा ३५, धनुषामा आठ, पर्सामा सात, बारामा नौ, महोत्तरीमा सात, रौतहटमा एक, सप्तरीमा दुई, सर्लाहीमा एक, सिरहामा तीन, काभ्रेमा ५९, चितवनमा १२, दोलखामा १२, धादिङमा १४, नुवाकोटमा तीन, मकवानपुरमा २३, रामेछापमा एक, सिन्धुपाल्चोकमा १५, सिन्धुलीमा चार, कास्कीमा २०८, गोरखामा ६४, तनहुँमा ४३, नवलपरासी पूर्वमा १२, पर्वतमा २४, म्याग्दीमा १०, लमजुङमा १०, बागलुङमा १९, स्याङजामा नौ, कपिलवस्तुमा २१, गुल्मीमा तीन, दाङमा नौ, नवलपरासीका २४, पाल्पाका १९, बर्दियाका १५, बाँकेका ३४, रोल्पामा दुई, रुपन्देहीमा ८२, दैलेखमा एक, सल्यानमा एक, अछाममा दुई, कञ्चनपुरमा नौ, डडेल्धुरामा ५२, डडेल्धुरामा १८, डोटीमा आठ, दार्चुलामा एक र बैतडीमा ३ जनामा कोरोना पुष्टि भएको छ ।

थप १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या एक हजार २१५ पुगेको छ । यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार