आज कुकुर तिहार, कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा दिएर मनाइँदै

काठमाडौं,
कार्तिक २९ ।

तिहार अन्तर्गत आज कुकुर तिहार । हरेक वर्ष तिहारमा कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा दिएर सम्मान गर्ने गरिन्छ । घर घरमा सुरक्षा गर्ने कुकुरको पूजा गर्ने गरिन्छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको विश्वास गरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ । यस्तै सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको पठाइएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार