‘चिलगाडी’मा सङ्गीतकार कालीप्रसाद

काठमाडौं,
कार्तिक २७ ।

सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’मा सङ्गीतकार कालीप्रसाद बास्कोटा अनुबन्ध भएका छन् । पारी त्यो डाँडामा, निरा जहिले रिसाउने, साली मन पर्‍यो जस्ता चर्चित गीतका सङ्गीतकार बास्कोटाबीच ‘चिलगाडी’को लागि निर्माता र निर्देशकसहित बसेर सम्झौता भएको छ ।

कालीप्रसाद बास्कोटाले मेहनत गरेर उत्कृस्ट गीत बनाउने निर्माण टिमले बिश्वास लिएको छ । उनका पहिलेका गीत सङ्गीत जस्तै ‘चिलगाडी’को गीतले पनि दर्शकको माया पाउने आशा निर्माण टिमको रहेको छ ।

चलचित्रमा मुख्य अभिनेतामा नाजिर हुसेन अनुबन्ध भइसकेका छन् । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भईरहेको निर्माण टिमले जानकारी गराएको छ ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिशेष सन्देशसमेत बोक्ने छ । चलचित्रले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्ने बताइएको छ । चलचित्रको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । चलचित्र निर्देशक समाजका महासचिवसमेत रहेका निर्देशक जनकदीप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन ।

सागर प्रधानले छायाँकन गर्ने चलचित्रको अन्य कलाकार तथा प्राबिधिकहरू फाईनल हुन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार