थप २५ सय ६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं,
कार्तिक २६ ।

बुधबार थप दुई हजार ५६९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ । यस्तै पछिल्लो समय देशभर थप एक हजार ६६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म एक लाख ६२ हजार २४३ जना निको भएका छन् । देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् ।

देशभर ४७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ९५ जना भेन्टिलेटरमा र ३८२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

काठमाडौं उपत्यकामा बुधबार थप एक हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना कोरोना संक्रमण थपिएका हुन् । यस्तै इलाममा चार, उदयपुरमा १७, खोटाङमा एक, झापामा ९८, ताप्लेजुङमा पाँच, धनकुटामा एक, पाँचथरमा २०, भोजपुरमा तीन, मोरङमा १६८, संखुवासभामा आठ, सोलुखुम्बुमा तीन, सुनसरीमा ११८, धुनषामा १८, पर्सामा पाँच, बारामा ६, महोत्तरीमा चार, रौतहटमा सात, सप्तरीमा १२, सर्लाहीमा पाँच र सिरहामा १६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी काभ्रेमा ५५, चितवनमा १५, दोलखामा १५, धादिङमा ९, नुवाकोटमा ४१, मकवानपुरमा ३७, रामेछापमा नौ, सिन्धुलीमा पाँच, सिन्धुपाल्चोकमा १८, कास्कीमा १३०, गोरखामा १७, तनहुँमा १८, नवलपरासी पूर्वमा पाँच, पर्वतमा १६, लमजुङमा एक, वागलुङमा २२, स्याङजामा पाँच, अर्घाखाँचीमा २२, कपिलवस्तुमा चार, गुल्मीमा आठ, दाङमा १०५, नलवपरासीमा १४, पाल्पामा ३१, प्यूठानमा पाँच, बर्दियामा १०, बाँकेमा १७, रोल्पामा नौ र रुपन्देहीमा ७३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, कालिकोटमा दुई, जाजरकोटमा दुई, जुम्लामा चार, डोल्पामा एक, दैलेखमा ६, सल्यानमा सात, सुर्खेतमा दुई, कञ्चनपुरमा आठ, कैलालीमा २९, डडेल्धुरामा दुई, डोटीमा १६ र दार्चुलामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार १७४ पुगेको छ । यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार