भारतको बिहार राज्यमा नितिशकुमार फेरि मुख्यमन्त्री बन्दै

काठमाडौं,
कार्तिक २६ ।

भारतको बिहार राज्य विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र जनतादल युनाइटेडसहितको गठबन्धनले पूर्ण बहुमत प्राप्त गरेको छ । २४३ विधानसभा सीटका लागि भएको निर्वाचनमा एनडीएले १ सय २५ सीट जितेको हो । भाजपाले ७५ र जेडयूले ४३ सीट जितेको छ । विहारमा सरकार बनाउन १२२ सीटको बहुमत आवश्यक पर्छ ।

यो जीतसँगै गठबन्धनले मुख्यमन्त्री रुपमा अघि सारेको नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एनडीएको प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको आरजेडी र कांग्रेसलगायतको महागठबन्धनले भने ११० सिट हात पारेको छ ।

महागठबन्धनको नेतृत्व गरेको आरजेडीले ७५ सीट जितेको छ । यो गठबन्धनले लालुका छोरा तेजस्वी यादबलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

कोराना महामारीबीच तीन चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा ५७ प्रतिशत भन्दा बढी मत खसेको थियो । निर्वाचनपछि गरिएका सर्भेक्षणहरूले तेजश्वी नेतृत्वको महागठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए ।

यस चुनवामा तीन हजार ७५५ उम्मेदवार रहेका थिए । चुनाव आयोगले हाल ५५ ओटा मतगणनास्थलको व्यवस्था गरेको छ । बिहारमा गत अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार