काठमाडौं,
कार्तिक २६ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली ननरहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल हिमाली भूभागमा आंशिका बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाले आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।






