‘पहिलो माया…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कार्तिक २५ ।

गीतकार पुनम मोथेको नयाँ गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शंकर थापाको सङ्गीत र रचना रिमालको स्वर सुन्न सकिन्छ ।

निकेस खड्काको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा केकी अधिकारी, सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय देख्न सकिन्छ । पुनम मोथे अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा बुद्ध थापाको छायांकन, बिकास धमलाको सम्पादन र समरा जोसीको मेकअप समाबेस छ ।

यसअघिका गीत ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ झैँ ‘पहिलो माया’लाई पनि दर्शक स्रोताले रुचाउने मा आफू आशावादी रहेको गीतकार मोथे बताउछिन् ।

यसमा तपाइको मत

अन्य समाचार