✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
कार्तिक २४ ।
लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेपालका वामपन्थीको प्रमुख भूमिका रहँदै आएको छ । नेपाली जनताले प्रमुख दुई पार्टी नेपाली कांग्रेस र वामपन्थी शक्तिलाई पालैपालो सत्ताको बागडोर सुम्पिँदै आएका छन् ।
दुई वामपन्थी पार्टीबीच तालमेल भएर गत आमनिर्वाचनमा सफलता प्राप्त गरे । त्यसपछि दुई पार्टीबीच पाटी एकीकरण भयो । तर, अहिले आएर पार्टी एकीकरण प्रक्रिया भावनात्मक रुपमा नभएको देखिएको छ । दुवै पक्षमा इमानदारीता देखिएको छैन । जनतालाई झुक्याउने र भोट बटुलेर सरकारमा जाने बाहेक अरु केही काम हुन सकेन । पछिल्लो समयमा नेपालका हरेक निर्वाचनमा वामपन्थीको नै बहुमत आउने गरेको छ । तर, वामपन्थी मिल्न सक्दैन । नेपालका वामपन्थी धेरै चिरामा बिभाजित छन् । वामपन्थीहरू हामी सर्वहाराको नेतृत्व गछौ भनेर कहिल्यै थाक्दैनन् । सर्वहाराका नेताहरू सत्ता, शक्ति र सम्पत्तिमा लिप्त हुन पुगेका छन् । यहाँनिर समस्या छ । सर्वहाराको नाम लिएर नेताहरूका ठूला–ठूला महल बनेका छन् ।
सर्वहाराको हालत भने हिजो जस्तो थियो आज पनि त्यस्तै छ । सर्वहारा बर्गको नेतृत्व गर्नेको भने आज जीवन शैली नै बदल्लिएको छ । अब वामपन्थीहरू नसच्चिने हो भने पतनको दिशामा जाने निश्चित छ । विश्वमा वामपन्थीको पतन कसरी भयो भन्र्ने बिषयमा अध्यन, अनुसन्धान गर्नु जरुरी छ । हरेकले इतिहासवाट पाठ सिक्ने हो ।
दुई पार्टी एकीकरण हुँदा नेपाली जनता धेरै हर्षित थिए । आज तिनै जनता नेकपाको ब्यवहार देखेर निराश छन् । जुन सुकै पार्टीको पनि विचार, सिद्धान्त र आचरण राम्रो हुनुपर्छ । राजनीतिक दलका नेताहरूले व्यक्तिगत स्वार्थ त्याग्नुपर्छ । अनि जनताले बिश्वास गर्छन । नेताहरू बीच व्यक्तिगत सम्पति जोडन होडवाजी नै चलेको छ ।
यसरी समाजवादी आन्दोलन अघि बढन सक्दैन । राष्ट्र, राष्ट्रियता र आम नागरिकका मुद्दामा एक हुन जरुरी छ । अहिले नेकपा भित्र उत्पन्न समस्या छिटै समाधान होला जस्तो देखिदैन । वामपन्थी पार्टीको भविष्य के होला ? यो अहिलेको गम्भिर प्रश्न हो । अहिले सर्वहारा एवम् मजदुर समस्यामा छन् । उनीहरूको समस्या कसरी समाधान गर्ने भन्र्ने बिषयमा कसैको चासो छैन । पार्टी कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो । जुन पार्टी विभाजित भई निर्वाचनमा गए, तिनीहरूले नराम्रो पराजय भोगेका छन् । त्यो इतिहास बिर्सन हुँदैन । जुन पार्टी बारम्बार विभाजित भए, तिनीहरूको भविश्य समाप्त हुँदै गएको छ ।






