काठमाडौं,
कार्तिक २३ ।
खुसी थुलुङको पुर्वेली लोक फ्लेवरमा रहेको गीत ‘कति मीठो राम साइँला कुवाको पानी…’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् ।
भिडियोलाई शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल युट्युब च्यानल ‘खुुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा पनि पूर्वेली फ्लेवर मिसाइएको छ ।
डिपी खनालको शब्दरचना रहेको यस गीतलाई विक्रम राईले सङ्गीत गरेका हुन् । निसल पौडेलको छायाँकन रहेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र रुकमान तेह्रथुमे ढाका बुटिकको पहिरनमा खुलेका छन् ।






