काठमाडौं,
कार्तिक २२ ।
युवराज चौलागाईंको स्वरमा रहेको गीत ‘संसार रोएको छ’ सार्वजनिक भएको छ । कोभिड–१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीहरूप्रति समर्पित गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको योगदानको प्रशंसा गरिएको छ ।
कौशिला खनाल कर्मचार्यको शब्द रहेको गीतमा गायक चौलागाईंकै सङ्गीत छ । भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोका छायाँकर एसु बस्नेत हुन् ।






