काठमाडौं,
कार्तिक २२ ।
गीतकार नवराज घिमिरे र फोटो पत्रकार प्रदीप वन्तको गीत ‘परदेशीको कर्म’ सार्वजनिक भएको छ । गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा निमार्ण गरिएको ‘परदेशीको कर्म’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।
कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगायतले संयुक्त रुपमा गीतको भिडियो राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारित गीतले समाजीक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ । नेपालीले खाडी मुलुकमा गरेको दुःख र उनीहरुले के कसरी पसिना बगाएका छन् भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ ।
गीतकार नवराज घिमिरेद्वारा रचित परदेशीको कर्म नामक गीत गायक विनोद दनुवारले गाएका छन् भने भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय छ । गीतको श्रव्य दृश्य सामग्री नविनबाबु गरुङको निर्देशन तथा छायाँकन रहेको छ । यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गरेकी छन् । सम्पादन नवीन निरौलाको रहेको छ ।
उक्त कार्यक्रममा सिजन मिडियाद्वारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरूलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।






