यस्तो छ आजको मौसम

काठमाडौं,
कार्तिक २२ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको र हाल देशका पहाडी भू-भागको मौसममा आंशिक बदली भएको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको र देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

त्यसैगरी आज राती देशको पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ र देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार