कााठमाडौं,
कार्तिक १८ ।
प्रतिनिधसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका केसीको पोखरास्थित निवासमै निधन भएको हो ।
उहाँ मधुमेह र उच्च रत्तचापको समस्याबाट पीडित हुनुहुन्थ्यो । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गर्नुभएका केसी निर्वाचनको मुखमै कांग्रेस प्रवेश गर्नुभएको थियो । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बन्नुभएका केसी पहिलो संविधान सभाको निर्वाचनमा पनि राप्रपाबाट समानुपातिक सांसद बन्नुभएको थियो । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत हुनुहुन्थ्यो ।






