यस्तो छ आजको मौसम

काठमाडौं,
कार्तिक १५ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली नरहेको र अहिले देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको जनाएको छ ।

मौसम विज्ञान विभागले बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको तथा आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने उल्लेख गरेको छ । अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना देखिएको र अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार