एल के गुरुङको ‘मेरो माया लाग्छ र ?’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कार्तिक १४ ।

गीत सङ्गीत क्षेत्रमा अग्रसर गीतकार एल के गुरुङ परदेशमा बसेर पनि आफ्नो देश नेपाल र नेपाली गीत सङ्गीतलाई माया गर्दै समय समयमा आफ्ना रचना गीत सङ्गीत क्षेत्रमा ल्याईरहेका छन् ।

गीत सङ्गीत ल्याउने क्रममा अहिले फेरि पनि गुरुङको शब्द रचनामा रहेको गीत ‘मेरो माया लाग्छ र ?’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । साथै गीतमा एक प्रेमी र प्रेमिका मायामा डुबेर प्रेम भाव ब्यक्त गर्दै एक अर्कालाई मेरो माया लाग्छ र ? भनेर प्रश्न गरेको अवस्थालाई बडा रमाईलो परामा भिडियोमा प्रस्तुत गरेका छौँ गीतकार एल के गुरुङले बताएका छन् ।

https://youtu.be/8ZmDGJWFAcA

उक्त गीतलाई सङ्गीतकार राजकुमार बगरले सङ्गीत गरेका छन् भने गीतमा चर्चित गायक प्रमोद खरेल र बिन्दु परीयारको आवाज सुन्न सकिन्छ । गीलाई कमल सौरागले सङ्गीत सम्योजन गरेका छन् । गीतको भिडियोमा निर्देशन मदन खड्काको रहेको छ भने भिडियोलाई छायांकन बिरेन्द्र भट्टले गरेका हुन् ड्रोन सन्तोष महरा सम्पादन बिष्णु खड्काको रहेको छ । गीतको भिडियोमा नायक पुष्प खड्का र टिकटक स्टार उषा उप्रेतीको मन मोहक अभिनय रहेको छ ।

गीतको भिडियोलाई सफल मोसन पिक्चर्सले पोस्ट प्रोडक्सन गरेको छ । गीतको भिडियोलाई उषा गुरुङले निर्माण गरेकी हुन् । भिडियोलाई हाई लाईट्स नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार