कस्तुप र कमलाको स्वरमा ‘देउसी भैलो…’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक १४ ।

सर्जक कस्तुप पन्तको नयाँ तिहार विशेष गीत सार्वजनिक भएको छ । कस्तुप पन्त र कमला पोखरेलको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीत कस्तुप पन्त आफैँले लय तथा शब्द सिर्जना गरेका हुन् । कस्तुप पन्तको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको सो गीतलाई कपिल लामाले निर्देशन गरेका हुन् ।

माधव श्रेष्ठको कोरियोग्राफी, दीपक गिरीको छायाँकन रहेको भिडियोमा शिव पौडेलको सम्पादन रहेको छ । भिडियोमा रुवीन अधिकारी, कविता न्यौपाने, नीना बुढाथोकी, गायक, गायिकालगायतको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार